उनले निर्वाचन आयोगले पनि स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न हुने स्थिति बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
शनिबार एमाले मुख्यालय धुम्बाराहीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले निर्वाचनको मौनअवधि सुरु भइसकेको अवस्थामा पनि सत्तारुढ दलहरुले सरकारी स्रोत–साधनको दुरुपयोग गरेर प्रचार–प्रसार गरेको आरोप लगाए ।
अध्यक्ष ओलीले मुस्लिमहरुको पर्व रमजान परेका कारण जेठ ३१ गतेका लागि तय भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनलाई अगाडि सार्नुपर्नेसमेत बताए ।
उनले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि स्थानीय तहको संख्या बढाउने कुरा आफूहरुलाई स्वीकार्य नहुने पनि स्पस्ट पारे ।









प्रतिक्रिया दिनुहोस्