
भारतीय संचारमाध्यमका अनुसार उनलाई नेपालबाट भारत प्रवेश गर्न खोज्दा भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । नासिरले आफ्नो एक साथी नेपालमै रहेको जनाएको पनि सुरक्षाकर्मीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । तर ती साथी कहाँ र कुन अवस्थामा छन् भन्ने खुलाइएको छैन ।
नासिर सुनौली नाका हुँदै भारतको कश्मिरतर्फ जाने योजनामा रहेको अवस्थामा पक्राउ परेको बताइएको छ । प्रमोद कुमार नाम गरेका प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाए अनुसार नासिर पाकिस्तान र दुबईसमेत पुगेका थिए । उनी काठमाडौं हुँदै सुनौली आएको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्