Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


जमुना र सुलुवुङ स्थित माइखोलामा पक्की पुल निर्माण


0
Shares

इलाम । काठको अस्थायी पुलबाट खोला तर्नुपर्ने वाध्यता हट्ने भएपछि इलाम सन्दकपुरका स्थानीय उत्साहित भएका छन् ।

इलामको सन्दकपुर गाउँपालिकाकोे जमुना र सुलुवुङबीच माइखोलामा पक्की पुल निर्माण भईरहँदा जोखिमयुक्त काठे पुलवाट जोखिम मोलेर खोला तर्नुपर्ने वाध्यता हट्ने भएको हो ।

दैनिक डेढ दर्जनभन्दा धेरै सवारी साधन आउजाउ गर्ने यो स्थानमा वर्षौंदेखि पक्की पुलको माग भएको थियो ।

चालू आर्थिक वर्षमा नै काम सक्ने गरी पुल निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

स्थानीय विकास मन्त्रालयको डोलिडार कार्यक्रममार्फत ३ करोड १७ लाख रुपैयाँको लागतमा पुल निर्माण भइरहेको छ ।

भारतको दार्जिलिङसँग सिधा सम्पर्क भएकाले राणा शासनकालमा नै यो बाटो पूर्वका विभिन्न जिल्लाका बासिन्दाले उपयोग गर्दै आएका थिए ।

ढापपोखरी, हाँगेथाम, चोयाटार, जौवारीलगायत पर्यटकीय क्षेत्रमा पुग्न पुल बनेपछि अझ सहज हुने स्थानीय बताउँछन् ।