१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


यमनमा हैजाका कारण १ सय १५ जनाको मृत्यु, ८ हजार ५ सयभन्दा बढी बिरामी


0
Shares

हैजाको प्रकोपबाट ८ हजार ५ सयभन्दा बढी बिरामी परेको अन्तर्राष्ट्रिय रेडक्रस समितिले जनाएको छ ।

बिरामीहरुको उपचारका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरु यमनमा पुगेका छन् ।

यसअघि विश्व स्वास्थ्य संगठनले यमनमा हैजाका कारण ३४ जनाको मृत्यु भएको जनाएको थियो ।

यमनमा यो वर्ष हैजा तथा दूषित पानीका कारण फैलिने रोगको संक्रमणका कारण नागरिक ठूलो संख्यामा प्रभावित बनेको दोस्रो घटना हो ।

यमनमा भएका द्वन्द्वका क्रममा अस्पताल तथा स्वास्थ्य केन्द्रसमेत विस्थापित बनेपछि लाखौं मानिसले आफ्नो स्वास्थ्य समस्यालाई भाग्यको जिम्मा लगाउन बाध्य छन् ।

लामो द्वन्द्वले खानेपानी आपूर्ति तथा मुहानहरू दूषित बनेका कारण सफा खानेपानीका लागि संघर्ष गर्नुपर्ने स्थिति छ ।

विश्व खाद्य संगठनका अनुसार यहाँका करिब १ करोड ७० लाख मानिसले आधारभूत खाद्यान्नको अभावमा बाँच्नुपरेको छ ।

यमनमा सन् २०१५ यता सुरु भएको द्वन्द्वका कारण करिब सात हजार मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी विस्थापित बनेका छन् । (एजेन्सी)