२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


राजपा नेपालका नेताहरुसँग प्रधानमन्त्री दाहालले गरे छलफल


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनका सन्दर्भमा छलफल भएको थियो । बैठकमा व्यवस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई दुई तिहाई मतका साथ पारित गर्ने सन्दर्भमा छलफल भएको थियो ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा नेताहरुले स्थानीय तहको पहिलो चरणको निर्वाचन उत्साहपूर्णढंगले सम्पन्न भएकोमा सन्तोष व्यक्त गरेका थिए ।

बैठकमा राजपा नेपालका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरद सिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव सहभागी थिए ।