फाइल फोटो
मोरङको सुन्दरहरैचा नगरपालिका–५ का लामिछानेले पालेकोे जर्सीगाईले विगत १२ वर्षदेखि नियमित दूध दिँदै आएको छ । उनले २०६९ सालमा झापाबाट जर्सी गाई रु १५ हजारमा खरिद गरेर ल्याएका थिए । किनेर ल्याएको तीन वर्षमा बच्चा जन्माएको गाईले २०६२ सालदेखि नियमितरुपमा दूध दिँदै आएको लामिछानेले बताए ।
सो जर्सी गाईले जन्माएको बाच्छाको मृत्यु भएपनि दैनिक रुपमा दूध दिने गरेको छ । ‘गाईले बहर जन्मायो, तर अहिलेसम्म एउटा पनि जीवित रहेनन्’ लामिछानेले भने, ‘बच्चा नहुँदापनि गाईले नियमित दूध दिन्छ ।’ बाच्छो जन्माएको एकवर्ष दैनिकरुपमा १२ लिटरसम्म दूध दिने उक्त गाईले त्यसपछि छदेखि सात लिटर दिने गरेको हो ।
अर्को बच्चा जन्माउनका लागि गर्भ हुँदापनि गाईले नियमित दूध दिने गरेको छ । गर्भ रहेको बेला गाईको दूध केही अमिलो र अरु बेलाको भन्दा बाक्लो हुने गरेको लामिछानेको भनाइ छ । यसरी नियमित दूध दिने गाईको स्याहारपनि लामिछाने परिवारले राम्रोसंग गर्ने गरेका छन् ।
गाईले दिएको दूध आवश्यक पर्ने जति घरमा राख्ने र बाँकी रहेको दूध स्थानीय चियापसलमा बिक्री गर्दै आएको गाईपालक लामिछान बताए । लामिछाने पथरी शनिश्चरे नगरपालिका–५ को बुद्ध उच्च माविका शिक्षक हुन् । रासस










प्रतिक्रिया दिनुहोस्