
दुई हजार ७०६ मत ल्याएर रोका अध्यक्षमा निर्वाचित भएका हुन् । रोकाका प्रतिस्पर्धी नेकपा एमालेका बेगप्रसाद गर्बुजाले दुई हजार ६२२ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमालेकी खरमाया बिटालुले दुई हजार ६९१ मत प्राप्त गरी विजयी भएकी छन् । बिटालुकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी विमला रोकाले दुई हजार ६६४ मत प्राप्त गरिन् ।
वडा नम्बर–७ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार रेशम जुक्जालीले ३६५ मत प्राप्त गरी निर्वाचित भएका छन् । जुक्जालीका प्रतिस्पर्धी एमालेका टुकलाल पुनले २९२ मत प्राप्त गरेका छन् ।
वडासदस्यमा स्वतन्त्र प्यानलका चनदेवी पुन (३४५), सरु श्रीपाली (३४६), बुद्धिबहादुर जुक्जाली (३३७) र गोरखबहादुर जुक्जाली (३२३) मत ल्याएर निर्वाचित भएका छन् । एक हजार १५२ मतदाता रहेको सो वडामा ७९७ मत खसेको थियो ।
मालिकाको वडा नम्बर–१ मा नेपाली कांग्रेसका टंक पुन, २ मा एमालेका नरबहादुर पुन, ३ नम्बरमा एमालेका हेमबहादुर पुन, ४ नम्बरमा माओवादी केन्द्रका दिलीप शेरचन, ५ नम्बरमा कांग्रेसकी पिपला बुढाथोकी, ६ नम्बरमा एमालेका सन्तनाथ जैसी निर्वाचित भएका छन् ।
१० हजार ६४४ जना मतदाता रहेको मालिका गाउँपालिकामा सात हजार १४ मत खसेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्