२ असार २०८२, सोमबार | Tue Jun 17 2025


काठमाडौंमा ११ स्थानमा मतगणना


0
Shares

निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले मतगणनास्थलको निरीक्षणकाक्रममा मतगणना तीव्र पार्न निर्देशन दिएपछि ११ ठाउँमा गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराए ।

बुधबार साँझ ६ बजेदेखि निर्वाचन कार्यालयले यस्तो कदम चालेको हो । सोमबारदेखि महानगरको मतगणना थालिए परिणाम आउनु ढिला भइरहेको छ ।

अहिले वडा नम्बर–२ देखि ४ सम्म र २५ देखि ३२ सम्मका वडाका मतपत्रहरुको गणना ११ ठाउँमा भइरहेको छ । महानगरको अहिलेसम्म १ वडाकोमात्र नजिता सार्वजनिक भएको छ ।

महानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यको अग्रता कायम छ । अहिलेसम्म शाक्यले एक हजार ७७९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका राजुराज जोशीले एक हजार १४० मत पाएका छन् ।

यस्तै, उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गी एक हजार १९१ मतसहित अगाडि छिन् । रासस