
निर्वाचित प्रतिनिधिले सात दिनभित्र शपथ लिइसक्नुपर्ने व्यवस्था छ ।
स्थानीय तहका प्रतिनिधि, शासन सन्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक संसदबाट ‘पास’ हुन नसक्दा स्थानीय प्रतिनिधिको शपथग्रहण सम्बन्धमा अन्योल उत्पन्न भएको थियो । उक्त विधेयक संसदमा विचाराधीन छ ।
तर, निर्वाचन आयोगले स्थानीय तह निर्वाचन नियमावली संशोधन गरी शपथग्रहणका लागि बाटो खुला गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले स्थानीय तहको शासन सन्चालन तथा व्यवस्थापन ऐन बनिनसकेकाले स्थानीय तह निर्वाचन नियमावली संशोधन गरिएको जानकारी दिए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्