
अमेरिकाको न्याय मन्त्रालयले त्यतिबेला भएको भनिएका हस्तक्षेपबारे छानविन गर्न वर्तमान प्रशासनभन्दा बाहिरका व्यक्तिलाई जिम्मा दिनु उपयुक्त हुने ठानेर उनलाई जिम्मेबारी दिएको अधिकारीहरुले बताएका छन् ।
मुएल्लर न्याय मन्त्रालय अन्तर्गत नै काम गर्नेगरी नियुक्त भएका हुन् । न्याय मन्त्रालय भने राष्ट्रपति ट्रम्प अन्तर्गत नै पर्ने निकाय हो । मुएल्लरलाई स्वतन्त्र भनिएपनि प्राविधिकरुपमा भने राष्ट्रपति ट्रम्प अन्तर्गत नै पर्नेछन् ।
मुएल्लरलाई जिम्मेवारी दिएको विषयमा रिपब्लिकन र डेमोक्रयाट दुवै पक्षका नेताहरुले समर्थन जनाएको उप–न्यायाधिवक्ता रड रोजेन्सटाइनले जानकारी दिए ।
राष्ट्रपति ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई अघिल्लो हप्ता बर्खास्त गरेसँगै नयाँ विशेष अभियोजनकर्ताको खोजी भएको थियो । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्