२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


दोस्रो चरणको निर्वाचनबारे यसो भन्छन् मधेसी नेता (भिडियोसहित)


0
Shares

सरकारीपक्षले मधेसी जनता चुनावमा जान आतुर बनेको दाबी गरेको छ भने मधेसी दलहरुले सरकारले चुनावी वातावरण बनाउन नसकेको आरोप लगाएका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लले तत्काल स्थानीय तहको संख्या बढाएको खन्डमा र मुस्लिमहरुको पर्व रमजानलाई मध्यनजर गरेर चुनावी मिति पर सारेको खन्डमा मधेसमा चुनावी वातावरण बन्नसक्ने बताए ।

संघर्षमा रहेका मधेसी दलहरुलाई चुनावमा सहभागी गराउन सरकारले उच्चस्तरमा गृहकार्य गरेको स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले बताए ।

पहिलो चरणको निर्वाचनको सफलताले मधेसमासमेत चुनावमा जानुपर्छ भन्ने मनोविज्ञान हावी भएको चौधरीको भनाइ छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।