३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


यस्तो छ चार महानगरपालिकाको पछिल्लो मतपरिणाम, भरतपुरमा रेणु दाहाल पछाडि पर्दै


0
Shares

बिहीबार राति ८ बजेसम्म काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ६ हजार ५ सय ८६ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशीले ४ हजार २ सय १५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले २ हजार ७ सय ३५ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले १ हजार ९ सय ७६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले १३ हजार ३२ मतसहित अग्रता लिएका छन् । कडा प्रतिस्पर्धा भइरहेको ललितपुरमा एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ११ हजार ५ सय २ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले ९ हजार २ सय १२ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ७ हजार ७ सय ४३ मत प्राप्त गरेकी छन् ।

यसैगरी, पोखरा–लेखनाथ महानगरपालिकामा पनि कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ ।

त्यहाँको प्रमुखमा एमाले उम्मेदवार मानबहादुर जिसीले ९ हजार ५ सय १० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार रामजी कुँवरले ९ हजार २ सय १४ मत प्राप्त गरेका छन् ।