१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


दोस्रो चरणको निर्वाचनपछिमात्र पूर्ण बजेट ल्याऊ : अर्थविद्


0
Shares

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा उनीहरुले सविधानले दिएको अधिकारअनुसार स्थानीय तहहरुमा कति रकम विनियोजन गर्ने भन्ने प्रस्ट नभएको भन्दै निर्वाचनपछिमात्र पूर्ण बजेट ल्याउन सुझाव दिएका हुन् ।

जेठ १५ गते आंशिक बजेट ल्याएर काम अघि बढाउनुपर्ने र आगामी जेठ ३१ गतेको स्थानीय तह निर्वाचनपछि पूर्ण बजेट लयाउनुपर्ने उनीहरुको सुझाव छ ।

कार्यक्रममा अर्थविद् डा. शंकर शर्माले आर्थिक वृद्धिलाई निरन्तरता दिनसक्ने गरी स्थानीय तहको निर्वाचनपछिमात्र बजेट ल्याउनु उचित हुने बताए ।

यस्तै, अर्थविद् डा. डिल्लीराज खनालले स्थानीय तहको विकासको खाका कोर्नसक्ने गरी जेठ ३१ पछिमात्र पूर्ण बजेट ल्याउनुपर्ने बताए ।

अर्का अर्थविद् डा. दीपेन्द्रबहादुर क्षत्रीले सरकार परिवर्तन हुने अवस्थामा पूर्ण बजेट ल्याउन नहुने बताए ।