Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


३४७९ मेगावाट विद्युत्मा जनताको लगानी : ऊर्जामन्त्री


0
Shares

काठमाडौं, फागुन १ । ऊर्जामन्त्री वर्षमान पुनले १९ ओटा आयोजनामा जनताको लगानी सुनिश्चित गरी ‘जनताको जलविद्युत् आयोजना कार्यक्रम’ सन्चालन गर्न लागेको बताएका छन् ।

१९ ओटा आयोजनाबाट ३ हजार ४७९ मेगावाट विद्युत् उत्पादन हुने मन्त्रालयले जनाएको छ ।

आयोजनामा सार्वजनिक निकायको ५१ प्रतिशत र बाँकी सर्वसाधारणको लगानी रहने मन्त्री पुनले बताए ।

छनोट गरिएका आयोजना आकर्षक रहेका र सर्वसाधारणको लगानीको सुरक्षा सरकारले गर्ने उनको भनाइ छ ।