
आयोगले शुक्रबार विज्ञप्तिमार्फत् २०७२ साल भदौमा कैलालीमा ८ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएका सम्बन्धमा उचित छानबिन गर्न र आपराधिक घटनामा संलग्नलाई कुनैपनि उन्मुक्ति नदिन आग्रह गरेको हो ।
आयोगले जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति दिनु दन्डहीनतालाई प्रश्रय हो भन्दै यसबाट मानवाधिकारको संस्कृतिको विकासमा मद्दत नपुग्ने देखिएको जनाएको छ ।
आयोगले सो घटनाको सम्बन्धमा स्थलगत अनुसन्धान गरी २०७३ फागुन २४ गते नै प्रतिवेदन दिइएको ध्यानाकर्षण गराउँदै आपराधिक घटनालाई राजनीतिक आवरण दिइनु गलत भएको जनाएको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारीले आपराधिक घटनालाई राजनीतिक आवरण दिइनु गलत भएको बताइन् । रासस
प्रतिक्रिया दिनुहोस्