४ असार २०८२, बुधबार | Wed Jun 18 2025


सूर्यविनायक–८ मा एमालेको प्यानलै विजयी


0
Shares

वडाध्यक्षमा किरण थापाले एक हजार ५४८ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी विनोद भट्टराईले ६९१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, महिला सदस्य तारा बस्नेत, दलित महिला सदस्यमा शान्ता विक, सदस्यमा अजय तामाङ र धर्मराज बस्नेत विजयी भएका छन् ।

सूर्यविनायक नगरपालिकामा शनिबार १ बजेसम्म प्रमुखमा एमालेका वासु थापाले ९ हजार ३८१ र उपप्रमुखमा एमालेकै जुना बस्नेतले १० हजार ३३४ मतले अग्रता लिएका छन् ।

प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका क्रमशः विष्णुराज कार्कीले ९ हजार १०० र कल्पना राजथलाले सात हजार ८१२ मत प्राप्त गरेका छन् । रासस