
शनिबार विहान बैठक बसेर सहमति खोज्ने भनिएपनि अझै सहमति बनेको छैन । पोखरा–लेखनाथ महानगरपालिकामा वडा नम्बर १७ मा मतगणनाकोक्रममा फरक मतपत्र भेटिएको भन्दै विवाद भएपछि मतगणना स्थगित गरिएको हो ।
काँग्रेस, माओवादी केन्द्र र राप्रपा लगायतका दलहरुले फर्जी मतपत्र र फरक स्वस्तिक छाप लगाइएको भन्दै मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो ।
तर, निर्वाचन कार्यालयले भने मतपत्र फर्जी नभएको जनाएको छ । यता, भक्तपुरको चाँगुनारायणमा पनि मतगणनाकोक्रममा दलहरुबीच विवाद भएपछि आज दिउँसो १ बजेसम्मका लागि मतगणना स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्