Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


भूकम्पले भत्किएको विद्यालय नर्बेको सहयोगमा बन्यो सुविधासम्पन्न


0
Shares

-मनिता रेग्मी कोईराला,ईमेज

२०७२ साल बैसाख १२ गते गएको विकासकारी भूकम्पले भत्किएको विद्यालय भवनको एघार कोठा रेट्रो फिटिङ गरि भुकम्प प्रतिरोधी बनाई बिद्यालयलाई नेपालका लागि नर्बेली राजदुत केजल ट्रोमोटले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।

नर्वे सरकारको ३६ लाख ६४ हजारको लागत तथा जर्मन विकास सहयोगले कार्यान्वनमा ल्याएको हो ।

१ सय ५० घरधुरी रहेको उक्त गाउँका छात्रछात्राहरुलाई पठनपाठन गर्न सहज हुने जिल्ला शिक्षा अधिकारी शुकदेब सापकोटाले बताएका छन् ।

नर्वे सरकारका अर्थिक सहयोगमा जर्मन विकास सहयोगले अन्य तीन वटा विद्यालय पनि निर्माण गरि रहेको छ ।