
काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्य २४ हजार ५३ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशीले १७ हजार ७७ मत प्राप्त गरेका छन् । त्यसैगरी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ९ हजार ६ सय ८८ मत प्राप्त गरेकी छन् ।
ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले १७ हजार ५ सय ६७ मतसहित अग्रता लिएका छन् । एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले १६ हजार २ सय ४६ मत प्राप्त गरेका छन् भने साझा पार्टीका रमेश महर्जनले १० हजार ३ सय ७४ मत पाएका छन् ।
उता, भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले १८ हजार ७ सय ३७ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा माओवादी केन्द्रकी रेणु दाहालले १७ हजार ५ सय १३ मत प्राप्त गरेकी छन् ।
यसैगरी पोखरा लेखनाथ महानगरपालिकामा पनि नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । एमाले उम्मेदवार मानबहादुर जिसीले २२ हजार ३ सय २९ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार रामजी कुँवरले १९ हजार ९ सय ३ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्