
प्रमुख निर्वाचन अधिकृतसहित सबै राजनीतिक दलका प्रतिनिधि सहभागी बैठकले विवादित वडा नम्बर १७ को मतगणना यथास्थितिमा राख्दै दिउँसो १ बजेदेखि अरु वडाको मतगणना सुरु गर्ने सहमति गरेको हो ।
वडा नम्बर १७ को मतगणनाको विवाद भने पछि टुंगो लगाइने सहमति भएको छ ।
यसअघि मतगणना जारी राख्न निर्वाचन आयोगले निर्देशन दिए पनि नेकपा एमालेबाहेकका सबै दलले बहिस्कार गर्दै पुनः निर्वाचनको माग गरेका थिए ।
यसले पोखरा–लेखनाथ महानगरको मतगणना आइतबारदेखि स्थगित हुँदै आएको थियो ।
शनिबार साँझ मतगणनाको क्रममा वडा नम्बर १७ को मतपत्रमा फरक खालको स्वस्तिक छाप भेटिएको भन्दै काँग्रेस, माओवादी केन्द्र र राप्रपा लगायतका दलले मत गणना बहिष्कार गरेकाले गणना अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस्