५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


पोखरा–लेखनाथमा फेरि थालियो मतगणना


0
Shares

प्रमुख निर्वाचन अधिकृतसहित सबै राजनीतिक दलका प्रतिनिधि सहभागी बैठकले विवादित वडा नम्बर–१७ को मतगणना यथास्थितिमा राख्दै अरु वडाको मतगणना सुरु गर्ने सहमति गरेपछि अहिले गणना भइरहेको छ ।

वडा नम्बर–१७ को मतगणनाको विवाद भने पछि टुंगो लगाइने सहमति भएको छ ।

यसअघि, मतगणना जारी राख्न निर्वाचन आयोगले निर्देशन दिएपनि नेकपा एमालेबाहेकका सबै दलले बहिस्कार गर्दै पुनः निर्वाचनको माग गरेका थिए ।

शनिबार साँझ मतगणनाकाक्रममा वडा नम्बर–१७ को मतपत्रमा फरक खालको स्वस्तिक छाप भेटिएको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपालगायतका दलले मतगणना बहिस्कार गरेकाले गणना अवरुद्ध भएको थियो ।