२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राजपा नेपाल बैठकः पर्ख र हेरको स्थितिमा


0
Shares

दोस्रो चरणको निर्वाचनमा के गर्ने भन्नेबारे निर्णय गर्न बैठक बसेको भएपनि नेताहरु कुनै टुंगोमा पुग्न नसकेका हुन् ।

सोमबार काठमाडौंको बिजुलीबजारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘एक/दुई दिन पर्खनोस्’ भनेकाले सहमतिका लागि कुनै निर्णय नगरिएको राजपा नेपालका नेता जितेन्द्र सिंहले बताए ।

जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग लिन सरकारले संविधान संशोधन गर्नुपर्ने माग मोर्चाले राख्दै आएको छ ।

सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउनुको सट्टा पेलेर जाने मनस्थिति बनाएको ती दलका नेताहरुको आरोप छ ।