२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


नागार्जुनका मेयर, उपमेयर र वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए शपथ


0
Shares

वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, उपमेयर सुशीला अधिकारी र वडाध्यक्षहरुलाई सोमबार निर्वाचन अधिकृत सुदर्शन लामिछानेले शपथ दिलाए ।

वडासदस्यहरुलाई भने नगरप्रमुख मोहनबहादुर बस्नेतले शपथ दिलाएका हुन् ।

नागार्जुन नगरपालिका कार्यालयमा गरिएको कार्यक्रममा निर्वाचन अधिकृत लामिछानेले मेयर र उपमेयरलाई पालैपालो र वडाध्यक्ष र वडासदस्यहरुलाई सामूहिकरुपमा शपथ दिलाइएको हो ।

नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यले पदबहाली पनि गरेका छन् ।

शपथग्रहण समारोहमा नवनिर्वाचित नगरप्रमुख बस्नेतले योजनाबद्धरुपले काम गरी आफ्नो कार्यकालभित्र नागार्जुन नगरपालिकालाई नेपालकै नमुना नगरपालिकाकोरुपमा स्थपित गर्ने प्रतिबद्धता गरे ।