५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


चुनौती थपियो : प्रमुख आयुक्त


0
Shares

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले मंगलबार गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले स्थानीय तहको संख्यामा गरिएको वृद्धिले केही चुनौती थपिएको स्वीकारे ।

उनले जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा आयोग जुटेसकेको जानकारी दिए ।

स्थानीय तहको संख्या वृद्धिका कारण प्राविधिक र व्यवस्थापकीय समस्या भने सिर्जना भएको उनको भनाइ थियो ।

उनले स्थानीय तह थपिएका क्षेत्रमा पुनः मतदाता नामावली निर्माण, निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापनलगायत विषयलाई प्राविधिकरुपमा हल गरिने जानकारी दिए ।