Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


साउदी सम्मेलन र ट्रम्पको सहभागीता अर्थहीन नाटकमात्रै : रुहानी


0
Shares

फाइल फोटो

रुहानीले भनेका छन्,–‘आतंकवादलाई सभा, सम्मेलन एवम् राज्यको सम्पत्ति शक्तिशाली मुलुकलाई बुझाएर समाधान हुँदैन ।’ रुहानीको यो भनाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत सहभागी भएको सम्मेलन र उनको सम्बोधनलाई इगिंत गर्दै आएको हो ।

ट्रम्पले मध्यपूर्वमा रहेका मुस्लिम मुलुकले अतिवादी इस्लामिक समूहको नेतृत्वमा भइरहेको आतंकवादी गतिविधिका कारण समस्या झेल्नु परेको र यसलाई सबै मिलेर परास्त गर्नेपर्ने भनी आइतबार गरेको सम्बोधनलाई लिएर रुहानीको भनाई आएको हो ।

रुहानीले अमेरिकासँग साउदी अरबले हालै गरेको हतियार खरिद सम्झौताको कटाक्ष गर्दै भनेका छन्, ‘अमेरिकी सरकार मध्यपूर्वको आतंकवादविरुद्ध कहिल्यै लडेको छैन ।’

रुहानी गत शुक्रबार भएको निर्वाचनमा ५७ प्रतिशत मत प्राप्तगरी इरानी राष्ट्रपतिमा पुनः निर्वाचित भएका हुन् । रासस/सिन्ह्वा