
फाइल फोटो
बुधबार (भोलि) बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो ।
दिनभर पटक–पटक बैठकको समय सारेपनि दलहरुबीच सहमति नबन्दा बैठक बस्न नसकेको हो ।
संसद बैठक खुलाउनेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुबीच संसद भवन नयाँबानेश्वरमै बैठक बसेपनि अन्ततः बुधबारसम्मका लागि संसद बैठक स्थगित गर्ने निर्णय नेताहरुले गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसद बैठकलाई सम्बोधन गर्दै आजै पदबाट राजीनामा दिने तयारी गरे पनि बैठक नै बस्न नसकेपछि उनको राजीनामा घोषणा आजका लागि टरेको छ ।
यसअघि, आजै बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री दाहालले संसदमा सम्बोधन गरेर राजीनामा दिन लागेको जानकारी मन्त्रीहरुलाई गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्