८ जेष्ठ २०८२, बिहिबार | Fri May 23 2025


सम्बोधन गर्नै पाएनन् दाहालले


0
Shares

चुनावी प्रक्रिया सुरु भएपछि स्थानीय तहको संख्या थप्ने सरकारी निर्णयविरुद्ध प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्ने चेतावनी दिएपछि मंगलबार संसद बैठक बस्न सकेन ।

दलहरुबीच सहमति प्रयास चलिरहँदा सभामुख ओनसरी घर्तीले मंगलबार बिहान ११ बजेका लागि संसद डाकेको संसद बैठक ३ बजे, ५ बजे र ७ बजेका लागि सारेकी थिइन् ।

प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी अपरान्हको बैठकमा पनि राजनीतिक गतिरोधको गाँठो नफुकेपछि सभामुख घर्तीले सूचना प्रकाशित गरी बुधबार बिहानसम्मका लागि संसद स्थगित गरेकी हुन् । –कान्तिपुर दैनिकबाट