
नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारलाई ३६५ मतअन्तरले पराजित गर्दै महर्जन विजयी भएका हुन् । महर्जनले २४ हजार ६४२ मत प्राप्त गरी विजयी भए ।
एमालेका व्यञ्जनकारले २४ हजार ३१६ मत प्राप्त गरे । ललितपुर महानगरपालिकाको उपमेयरमा पनि कांग्रेसकै गीता सत्याल विजयी विजयी भएकी छन् ।
तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका दिनेश महर्जन ‘दिपेश’ले १० हजार ६६१ मत पाए ।
उपमेयरमा कांग्रेसकी गीता सत्यालले साझा पार्टीकी शोभा शाक्यलाई ५ हजार ५७९ मत अन्तरले हराएकी हुन् ।
उपमेयर निर्वाचित गीता सत्यालको पक्षमा १९ हजार ८१९ मत परेको छ भने साझा पार्टीकी शोभा शाक्यले १४ हजार २४० मत पाएकी छन् ।
एमालेसँगको गठबन्धनबाट उमपेयरको उम्मेदवार बनेका राप्रपाका बाबुकाजी थापाले १०५४७ मत प्राप्त गरे ।
ललितपुर जिल्लाभर रहेका स्थानीय तहमा कांग्रेस नै पहिलो स्थानमा रहेको छ ।
ललितपुरका ६ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३, एमालेले २ र माओवादी केन्द्रले एउटामा जित हासिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्