
बरेङ गाउँपालिका–७ बाराकोटका पदमजंग श्रीसले २०६३ सालमा किनेको एउटा माउ बाख्राबाट दर्जनांै पाठापाठी हुर्काएर व्यवसायिक बाख्रापालन गरेका हुन् ।
सौखका लागि पाल्न किनेको एउटा बाख्राका पाठापाठी संरक्षण गर्दै जाँदा बाख्रा पालनमा रुचि बढेको श्रीसको भनाइ छ ।
एउटा माउ बाख्राबाट अहिलेसम्म ३८ वटा बाख्रा हुर्काएको र करिव ४ लाख आम्दानी भएको उनले बताए ।
घाँसपात प्रशस्त पाईने भएकाले बाख्रा पालनबाट मनग्य आम्दानी गर्न सकिने उनको भनाइ छ । श्रीससँग अहिले ७० वटा खरी जातका बाख्रा छन् ।
प्रतिक्रिया दिनुहोस्