१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सगरमाथामा भारतीय महिलाको नयाँ कीर्तिमान


0
Shares

उनले जेठ २ र ७ गते गरी पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको सरकारतर्फबाट आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

३७ वर्षीया अंशुले पर्यटन विभागबाट एकै याममा दुईपटक सगरमाथा आरोहणको अनुमति लिएर एजी एभरेस्ट एक्सपीडिसनमार्फत् आधार शिविर पुगेकी थिइन् ।

दुईपटक आरोहणका लागि अंशुले पर्यटन विभागमा प्रतिपटकको ११ हजार डलरकादरले दुईपटकका लागि २२ हजार डलर बुझाएको पर्यटन अधिकृत श्रेष्ठले बताए ।

सामान्यतयाः एक याममा आरोहीले एकपटकमात्रै हिमाल आरोहण गर्ने गरिएको भएपनि उनले एकै याममा दुईपटक आरोहण गरेकी हुन् । यो याममा दुईपटक आरोहण गर्ने र छोटो समयावधिमा आरोहण गर्ने उनी एकमात्र आरोही बनेकी छन् ।

भारतको अरुणाञ्चल प्रदेशकी अंशुले यसअघि सन् २०११ मा १० दिनको अन्तरालमा दुईपटक सगरमाथाको आरोहण गरिसकेकी थिइन् ।

अहिलेसम्म छोटो समयावधिभित्र महिला पर्वतारोहीले सगरमाथाको आरोहण गरेको कीर्तिमान नेपालकी छुरिम डोमा शेर्पाको नाममा छ । रासस