
स्थानीय वासिन्दा र जिल्लास्तरका नेता तथा कार्यकर्ताबाट निर्वाचनमा जान चर्को दबाब परिरहेकोबेला नेतृत्व भने अन्योलको भुमरीमा फसेको हो ।
सरकारले निर्वाचनको वातावरण बनाउन भन्दै तराई–मधेसमा २२ ओटा स्थानीय तह थप गरिसकेको अवस्थामा के गर्ने भन्ने निर्णय लिन बुधबार राजधानीमा बसेको राजपा नेपालको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
बैठकमा आगामी रणनीतिको विषयमा छलफल भएपनि के गर्ने भन्ने विषयमा ठोस निर्णय हुन नसकेको जनाइएको छ ।
अध्यक्षमन्डलमा रहेका शरत्सिंह भण्डारीले बैठक टुंगोमा पुग्न नसकेको र बिहीबार पुनः छलफल हुने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्