२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


बुधबार सुनको भाउमा सामान्य कमी


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर तोलाको ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य मंगलबार तोलामा ५ सयले बढेर तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५१ डलर हाराहारीमा कारोबार भएको थियो ।