२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको दोस्रो जित, पूर्वाञ्चल ९ विकेटले पराजित


0
Shares

कीर्तिपुरस्थित त्रिभुवन बिश्व बिद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले पूर्वाञ्चललाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।

खेलमा टस जितेर पुलिसले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गर्न मैदान उत्रिएको पूर्वाञ्चलले ३७ दशमलब १ ओभरमा सबै विकेट गुमाउदै मात्र १०४ रन जोड्न सक्यो ।

पुर्वाञ्चलका लागि मेहबुब आलमले सर्बाधिक ४० तथा अमल दासले १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन् ।

पुलिसका लागी सिद्धान्त लोहोनीले ३ तथा सुशील कँडेल र ललितसिंह भण्डारीले २-२ विकेट लिदै पुर्बाञ्चलको इनिङ ध्वस्त पारे ।

जबाफमा १०५ रनको लक्ष्य पुलिसले १७ दशमलब १ ओभरमा १ विकेट गुमाउदै सजिलै पुरा गर्‍यो । पुलिसलाइ सहज जित दिलाउन ओपनर सुनिल धमलाले नटआउट ५२ रनको योगदान गरे ।

अर्का ओपनर अमित श्रेष्ठ ७ रनमा पेबेलियन फर्कदा तेस्रो नम्बरमा क्रिजमा आएका दिलिप नाथ ३६ रनमा नटआउट रहे ।

खेलको म्यान अफ द म्याच पुलिसका सुनिल धमला घोषित भए । यसअघी हिजो भएको खेलमा पुलिसले सुदुरपश्चिमाञ्चललाइ ७ विकेटले हराउदै बिजयी शुरुवात गरेको थियो ।

पुर्वाञ्चलको भने प्रतियोगितामा यो लगातार दोस्रो हार हो । पहिलो खेलमा आर्मीसँग हारेको पुर्बाञ्चललाइ प्रतियोगितामा अगाढी बढ्न कठिन बनेको छ ।

प्रतियोगिता अन्तर्गत भोली सुदुरपश्चिमाञ्चल तथा पुर्वाञ्चल बिकास क्षेत्र भिड्ने छन् ।