
व्यवस्थापिका-संसद्को आज(बिहीबार)को दोस्रो बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री निधिले भने “उसलाई (एमाले) प्रतिपक्षको भूमिका के हो ? कसरी निर्वाह गर्नुपर्छ भन्ने जानकारी पनि छैन कि ? एमालेको सदनको आजको गतिविधि हास्यास्पद रह्यो ।”
प्रमुख प्रतिपक्षी दलको भावनालाई सरकारले ध्यान दिएको उाले बताए । सदनको आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
दोस्रो बैठकमा राष्ट्रपतिको सम्बोधनलाई धन्यवाद दिने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी दलका सांसदले आआफ्नो आसनबाट उठी विरोध जनाएका थिए ।
गृहमन्त्री निधिले प्रधानमन्त्री प्रचण्डले काँँग्रेस र नेकपा(माओवादी केन्द्र)बीच भएको सहमतिअनुसार आफ्नो पदबाट राजीनामा दिनुभएको हो, अब नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्छ भने । रासस
प्रतिक्रिया दिनुहोस्