२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


भारत र पाकिस्तानबीचको तनावबारे अमेरिकामा चर्चा


0
Shares

अमेरिकी कंग्रेसमा सीआइए प्रमुखले परमाणु शक्तिसम्पन्न दुई देशबीच सीमा क्षेत्रमा भइरहेको गोलाबारीले संघर्षको रुप लिनसक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको बैठकमा सीआइए प्रमुखले भारत र पाकिस्तानबीच बढ्दो सुरक्षा तनावबारे जानकारी गराएका हुन् ।

गत वर्ष भारतमा गरिएको दुई अतिवादी आक्रमणपछि तनावपूर्ण बनेको सम्बन्ध झन् बिग्रन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । केही गरी भारतमा फेरि आतंकवादी आक्रमण भए अवस्था जटिल बन्ने सिआइएको ठहर छ ।

भारतले आफ्नो भूमिमा हुँदै आएको अतिवादी आक्रमणको योजना पाकिस्तानमा बन्दै आएको आरोप लगाउँदै आएको छ । सीमा क्षेत्रमा भइरहेको आक्रमण कम हुनुका साथै पठानकोट आक्रमणबारे अनुसन्धानमा प्रगति भएमा यही वर्ष दुई देशबीच वार्ता हुन सक्ने आशा पनि गरिएको छ ।

पछिल्ला केही समययता भारत र पाकिस्तान दुबैले एकार्कालाई सीमा क्षेत्रमा युद्धविरामको उल्लंघन गरिरहेको आरोप लगाउँदै आएका छन् । (एजेन्सी)