
स्थानीय समय अनुसार बिहान ६ बजे स्थानीयले महिलाको शवसँगै बालकलाई फेला पारेका हुन् । टाउकोमा चोट लागेको अवस्थामा महिलाको शव भेटिएको थियो भने ती बालक दुध चुसिरहेको अवस्थामा फेला परेका थिए ।
प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार ती महिलाको मृत्युको कारण खुल्न सकेको छैन । कुनै रेलले ठक्कर दिएर रन्थनिदैं ती महिला गेटसम्म पुगेको र अन्तिम समयसम्म पनि आफ्नो छोरालाई दूध खुवाइरहेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
मृत आमाको दूध चुसिरहेको बालकलाई उद्धारकर्मीहरुले बोक्नासाथ ती बालक आमाको शवतिर हेर्दै रोएको परिदृष्यलाई पनि भारतीय संचारमाध्यमले चित्रण गरेका छन् । हाल ती बालकलाई स्थानीय बाल भवनमा पठाइएको छ ।
महिला र बालकको सनाखत हुन सकेको छैन । महिलाका साथबाट केही नगद र गहनासमेत बरामद भएका कारण लुटपाटका उद्देश्यले उनको हत्या भएको आशंका गर्ने ठाउँ नरहेको प्रहरीको भनाइ छ । कुनै दुर्घटनामै उनको मृत्यु भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार आमाले बोकेकै कारण बालकलाई भने कुनै चोट नलागेको हुन सक्छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्