२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


ट्रम्पका छोरी–ज्वाईं एफबीआईको अनुसन्धान घेरामा


0
Shares

ट्रम्पकी छोरी इभान्काका पति कुश्नर अहिले ह्वाइटहाउसको सल्लाहकार छन् । अमेरिकी राष्ट्रपति निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेपबारे एफबीआईले अनुसन्धान गरिरहेकोे छ ।

रुसले हिलारी क्लिन्टनलाई हराउन र ट्रम्पलाई जिताउन खेलेको भूमिका अहिले चर्चाको बिषय बनिरहेको समयमा कुश्नर अनुसन्धानको घेरामा परेका हुन् ।

सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनअघि कुश्नरले रुसी राजदूत सेर्गेइ किस्ल्याक र रुसकै ब्यांकर सेर्गेइ गोर्कोभलाई भेटेको आरोप लाग्दै आएको थियो ।
यद्यपी, ट्रम्पले आफ्नो चुनावी अभियान र रुसबीच कुनै सम्बन्ध नभएको बताउँदै आइरहेका छन् । एफबीआईका अधिकारीहरुले कुश्नरसँग अनुसन्धानका लागि आवश्यक महत्वपूर्ण जानकारी हुनसक्ने बताएका छन् ।