२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


इजिप्टमा गुडिरहेको बसमा अन्धाधुन्द गोली प्रहार गरी २३ जनाको हत्या


0
Shares

मध्य इजिप्टको मिन्या राज्यमा क्रिश्चियन धर्मावलम्बीहरु चढेको बसमा बन्दुकधारीले गोली प्रहार गरेको जनाइएको छ । उक्त आक्रमणमा अरु २५ जना घाइते भएका छन् ।

क्रिश्चियन धर्मावलम्बीहरु नजिकैको चर्चमा जानेक्रममा रहेको पनि बताइएको छ ।

घटनाको जिम्मेवारी कसैले नलिएपनि ‘आइएस’ले उक्त आक्रमण गरेको हुनसक्ने आशंका गरिएको छ ।

गत अप्रिलमा पनि इजिप्टको तान्ता र अलेक्जेन्द्रियामा आइएसले आत्मघाती विस्फोट गराउँदा ४६ जनाको ज्यान गएको थियो । (एजेन्सी)