Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


नेपाल नर्सिङ संघले एक लाख युरोको अन्तर्राष्ट्रिय अवार्ड पायो


0
Shares

यही मे २२ देखि २६ (आज)सम्म मेक्सिकोमा संयुक्त राष्ट्रसंघ विपद् जोखिम न्यूनीकरण (युएनआइसडीआर)ले सन्चालन गरेको पाँचदिने ‘एलाइन्स फर डिजास्टर रिसाइलेन्ट सोसाइटी’ कार्यक्रममा उक्त पुरस्कार संघकी उपाध्यक्ष अप्सरा पाण्डेलाई हस्तान्तरण गरिएको हो ।

नेपाल नर्सिङ संघको इपिडियोमियोलोजी नर्स (एपीनर्स) परियोजनाले विपत्ति जोखिम कम गर्न स्वास्थ्य संकट अनुगमन तथा न्यूनीकरणका लागि अत्याधुनिक प्रविधिको प्रयोगमा विस्तार गर्न सफल भएकाले ‘अन्तर्राष्ट्रिय जोखिम अवार्ड २०१७’ प्राप्त गरेको जनाइएको छ ।

हरेक दुई वर्षमा म्युनिख रि फाउन्डेसनअन्तर्गत् युएनआइसडीआरले विपत्ति जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेबापत कुनै एक देश/संघ–संस्थालाई ‘अन्तर्राष्ट्रिय जोखिम अवार्ड’ दिने गर्दछ ।

Skip This