१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


राजपा नेतृत्वको संघीय गठबन्धनद्वारा आन्दोलनको घोषणा


0
Shares

शुक्रबार राजधानीमा पत्रकार सममेलन गर्दै सो गठबन्धनका संयोजक महन्थ ठाकुरले यही जेठ १३ गतेदेखि १९ गतेसम्मका लागि आन्दोलन कार्यक्रमहरु घोषणा गरेका हुन् ।

उनले सरकारले आफूहरुको माग सम्बोधन नगरेका कारण आन्दोलनमा जान बाध्य भएको तर्क गरे ।

आन्दोलनका कार्यक्रमअनुसार नगर तथा गाउँपालिकाहरुमा जुलुस प्रदर्शन, लाठीजुलुस, निर्वाचन कार्यालयमा तालाबन्दी र आमहड्तालसम्मका कार्यक्रम रहेका छन् ।

गठबन्धनले जेठ १९ गते उम्मेदवारी दर्ता गर्ने दिनलाई अवरोध गर्ने उद्देश्यले जेठ १८ र १९ गते आमहड्ताल गर्ने जनाएको छ ।

गठबन्धनले स्थानीय तहको संख्या वृद्धि सहमतिलाई पनि अस्वीकार गरेको छ ।

राजपा नेपाललाई दल दर्ताको मौका र चुनाव चिह्न नदिएर निर्वाचनमा सहभागी हुनबाट बञ्चित गरेको आरोप पनि लगाइएको छ ।

विज्ञप्ति पढ्नोस्