२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


बेलायतको निर्वाचन अभियान अवरुद्ध


0
Shares

राष्ट्रिय सुरक्षामा चुनौती अनुभव गरिएको भन्दै शुक्रबारदेखि निर्वाचन अभियान स्थगित गरिएको बताइएको छ ।

बेलायतको म्यान्चेस्टरमा गत सोमबार एउटा सांगितीक कार्यक्रम भईरहेको ठाँउमा लिबियाआवद्ध जिहादी सञ्जालको हात रहेको यस आतंकवादी हमलामा परी २२ जनाको मृत्यु भएको थियो भने, अरु कैयौ घाइते भएका थिए ।

बेलायतका प्रधानमन्त्री टेरेसा मे र मजदुर नेता जेरेमी कोर्बाइनले गत २२ मे सोमबार साँझ आयोजित संगीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै भएको भीषण आतंककारी आक्रमणपछि आ–आफ्नो निर्वाचन आभियानलाई स्थगीत गरेका छन् ।

स्थानीय समयानुसार राति १०ः३५ बजे (नेपाली समय अनुसार मंगललबार बिहान सवा चार बजे तिर) म्यान्चेस्टर संगीतस्थल (एरिना) परिसरमा भयानक आवाजसहित उक्त बम बिस्फोटमा परी केही युवा युवतीसहित २२ व्यक्तिको मृत्यु हुनुको साथै दर्जनौको संख्यामा घाइते भएका छन् ।

विस्फोटनको घटनामा संलग्न भएको आशंकामा आठ जनालाई नियन्त्रणमा लिइएको छ भने इस्लामिक स्टेट्स (आइएसं) लडाकूहरुको समूहले घटनाको जिम्मेवारी लिएको छ ।

अमेरिकाका विदेश मन्त्री रेक्स टिलर्सनले बेलायत र घटनाबाट पिडितहरुप्रति सहानुभूती व्यक्त गर्न शुक्रबार (आज) लण्डन आइपुगेका छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनाबाट वासिङटन र लण्डनलाई दुखमा सघाउँने नाताले अझ नजिक बनाएको बताएका छन् ।
यस बिस्फोटको यस घटनाले सर्वसाधारण अत्यन्त भयभीत भएका छन् । म्यान्चेस्टर एरिना परिसरको घटनापश्चात् बेलायतीहरुमा आपसेआप एक अभूतपूर्व राष्ट्रिय एकताको भावना उत्पन्न भएको छ ।

घाइतेलाई प्राथमिक उपचार गर्न होस् वा अस्पताल पुर्‍याउन, नगरवासीहरुमा एक अर्काप्रति गहिरो सहानुभूति जागेको छ । कतिपयले थकित, भयभीत, मानसिक रुपले त्रस्त वा साधारण चोट पटक लागेकाहरुलाई आआफ्नो घरमा बोलाई खाना पिनाले सत्कार गर्ने वा पलंग, बिछ्यौना, ओढ्ने ओछ्याउने दिई सेवा पुर्‍याइ रहेका छन् ।

यसैबीच, म्यान्चेस्टर बम बिस्फोटको भयाबह घटनाको केही बेर मै म्यान्चेस्टर एरिना परिसरनजिक अवस्थित एक स्थानीय पार्क–क्याथेड्रल गार्डेन्समा पनि रिमोट कन्ट्रोलरको सहायताले अर्को बम बिस्फोट गराइएको हुनाले म्यान्चेस्टर प्रहरीले ट्वीटरमार्फत जानकारी गराउँदै आत्म-सुरक्षाका लागि सजग र सतर्क रहन नगरवासीलाई आग्रह गरेको थियो । रासस/एएफपी