काठमाडौं, माघ २८ । अर्थविद्हरुले सरकारको जवाफदेहीताको अभावका कारण राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढ्न नसकेको बताएका छन् ।
सरकारले निर्धारण गरेका २१ ओटा राष्ट्रिय गौरवका आयोजनाहरु सुस्तगति हुनुमा जिम्मेवारीबोध, जवाफदेहीता र उत्तरदायित्वको कमी हुनु नै प्रमुख रहेको उनीहरुको भनाइ छ ।
ठेकेदार कम्पनी वा व्यक्तिहरु पटक–पटक फेरिरहनुजस्ता कारणहरुले गर्दा पनि यी आयोजनाहरुमा समस्या आएको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् ।
सरकारले आयोजनाको अनुगमनमा प्रभावकारिता बढाउनुपर्नेमा पनि उनको जोड छ ।
राष्ट्रिय गौरवका आयोजनामध्ये आधाभन्दा बढीको गति अत्यन्तै सुस्त रहेको छ ।
यी राष्ट्रिय गौरवका आयोजनाहरुको तीव्र विकासका लागि सरकारले आवश्यक नीतिगत सुधार गर्दै नियमित अनुगमनमा जोड दिनुपर्नेमा अर्थविद्हरुले सुझाएका छन् ।










प्रतिक्रिया दिनुहोस्