२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


एमालेद्वारा चार उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार चयन


0
Shares

                                                                                     फाइल फोटो
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी संसदीय दलको कार्यालय, सिंहदरबारमा सम्पन्न बैठकले बुटवल उपमहानगरपालिकामा प्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमा आचार्यलाई उम्मेदवार बनाएको छ ।

यस्तै, नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा समसुद्धिन सिद्धिकी र उपप्रमुखमा शान्ति ढकाल, घोराही प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने तथा तुलसीपुर प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरिएको सो पार्टीले जनाएको छ ।

अदालतको आदेशको स्वागत
बैठकले स्थानीय तहको संख्या र सीमा हेरफेरमा रोक लगाउँदै सर्वोच्च अदालतले शुक्रबार दिएको अन्तरिम आदेशको स्वागत गरेको छ ।

निर्वाचनको मिति तय भइसकेपछि कुनै औचित्य र आधारबिना नै स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने सरकारको कदममा सर्वोच्च अदालतले रोक लगाएबाट पूर्वनिर्धारित् तह र मितिमा निर्वाचन गर्न सहज भएको बैठकले ठहर गरेको छ ।

निर्धारित् जेठ ३१ मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न बैठकले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको पार्टी सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस