काठमाडौं, माघ २८ । नेपाल सिमेन्ट उत्पादकहरुले नेपाली सिमेन्ट उद्योग आत्मनिर्भर भइसकेको भन्दै सरकारले नीतिगत प्रोत्साहन गरे आफूहरु निर्यातउन्मुख भएको बताएका छन् ।
अहिले सिमेन्ट उत्पादनको क्षेत्रमा करिब दुई खर्बको लगानी भएको उद्योग विभागको तथ्यांक छ ।
उद्योगीहरुले पनि नेपालमा नै सिमेन्टको पर्याप्तरुपमा उत्पादन भइसकेको बताउँदै आएका छन् ।
नेपाली सिमेन्ट उद्योगीहरु सरकारले सहज वातावरण बनाएर निर्यातका लागि प्रोत्साहन गर्नुपर्ने बताउँछन् ।
नेपाली बजारमा १५० अर्ब बराबरको सिमेन्टको माग रहेकोमा अघिल्लो वर्ष जम्मा एक अर्बकोमात्र सिमेन्ट आयात भएको भएको नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ ।
पछिल्लो समय नेपाली सिमेन्ट उद्योगहरु क्लिंकर उत्पादनमा पनि आत्मनिर्भर हुँदै गएको संघले जनाएको छ ।
स्वदेशी सिमेन्ट उद्योगहरुले शतप्रतिशतजसो क्लिंकर पनि स्वदेशी उत्पादन नै प्रयोग गरिरहेको संघका अध्यक्ष ध्रुव थापा बताउँछन् ।
संघले विभिन्न देशहरुबाट कोइला आयात गर्दै आएको छ ।
नेपालमा कुल ६१ ओटा सिमेन्ट उद्योग सन्चालनमा रहेका छन् । यसमध्ये १८ ओटा सिमेन्ट उद्योगले आफैंले क्लिंकर उत्पादन गर्न थालेका छन् ।
यी क्लिंकर नेपाली सिमेन्ट उद्योगहरुमा बिक्री हुन थालेसँगै नेपाली सिमेन्ट पनि निर्यातमुखी हुँदै गएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्