
म्याग्दीका ग्रामिण क्षेत्रमा संचालनमा आएका कच्ची सडकका कारण पदमार्ग विस्थापित भएका हुन् ।
पदमार्ग विस्थापित भएपछि राउण्ड अन्नपूर्ण र राउण्ड धौलागिरीको फेरो लगाएर म्याग्दीको घोडेपानी, पुनहिल जस्ता प्रशिद्ध पर्यटकीय क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकले पदमार्गको खोजी गर्ने गरेका हुन् ।
कच्ची सडकमा जोखिम मोलेर यातायातका साधन प्रयोग गर्नुभन्दा पैदल यात्रा गरेर प्रकृतिको मजा लिन चाहने पर्यटकका लागि पदमार्गको अभाव भएको स्थानीय पर्यटन व्यवसायी बताउँछन् ।
म्याग्दीको पर्यटकीय क्षेत्रमा पुग्ने ३ वटा पदमार्ग बनाइएको भएपनि अधिकांश पर्यटकीय स्थलसम्म पुग्न आन्तरिक तथा बाह्य पर्यटक यातायातका साधनहरु प्रयोग गर्न वाध्य छन् ।
प्रतिक्रिया दिनुहोस्