
राष्ट्रपति भण्डारीले यही जेठ ११ गते संसदमा सम्बोधन गरेकी थिइन् ।
बैठकमा नेकपा माओवादी केन्द्रका मुख्य सचेतक टेकबहादुर बस्नेतले सो सम्बोधनका लागि राष्ट्रपतिसमक्ष धन्यवादको प्रस्ताव पेस गरे । सो प्रस्तावमा नेपाली कांग्रेसका चीनकाजी श्रेष्ठले समर्थन गरे ।
तत्पश्चात सो प्रस्तावबारे छलफल गर्न सभामुख ओनसरी घर्तीले यही जेठ १३ र १४ गतेको दिन तोकिन् ।
राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री दाहालले यही जेठ १० गते दिएको राजीनामाबारे प्राप्त पत्रको व्यहोरा शनिबारको बैठकमा सभामुख घर्तीले सुनाइन् ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमतिपछि शनिबारदेखि संसद पुनः सन्चालनमा आएको हो ।
संसदको अर्काे बैठक शनिबारै एक घन्टापछि (२ः१५ बजे) बस्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्