२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


जी सेभेन बैठकमा जलवायु परिवर्तनको मुद्दामा सहमति बनेन


0
Shares

जी सेभेनमा सामेल भएका ६ राष्ट्र जलवायु परिवर्तनसम्बन्धि पेरिसमा भएको सन्धि लागू गर्न सहमत भएपनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सहमति नजनाएकाले अन्यौल भएको हो ।

आगामी साता मात्रै यसबारे ठोस निर्णय गर्न सक्ने भन्दै अमेरिकी राष्ट्रपति ट्रम्प पन्छेपछि जलवायु परिवर्तनसम्बन्धि घोषणा पत्र जारी हुन सकेन ।

जलवायु परिवर्तनको मुद्दालाई धोखाको संज्ञा दिंदै ट्रम्पले पेरिस सन्धि लागू गर्नुपर्ने कुनै जरुरी नभएको प्रतिक्रिया दिए ।

यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले अमेरिकाका कारण जी सेभेनको बैठक उपलब्धिविहीन भएको धारणा ब्यक्त गरेका छन् ।

इटलीको सीसली सम्मेलनको मूख्य उद्देश्य जलवायु परिवर्तन रहेको छ । जी सेभेनमा क्यानाडा, जापान, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली र अमेरिका सामेल छन् । (एजेन्सी)