२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


म्यानचेस्टरको आत्मघाती आक्रमणमा संलग्नको फोटो सार्वजनिक


0
Shares

सीसीटीभी फुटेजको आधारमा उनको फोटो सार्वजनिक गरिएको हो । घटना लगत्तै बेलायतको बिभिन्न स्थानमा खोजतलास गरी केहीलाई हिरासतमा लिइएको छ ।

बेलायतको म्यान्चेस्टरको एक कन्सर्टमा आईएसले गराएको आत्मघाती विस्फोटमा २२ जना मारिएका थिए भने ६४ जना घाइते भएका थिए ।

अमेरिकी गायिका ग्रान्डेको कन्सर्ट सकिएपछि दर्शक घर फर्कंदै गरेका बेला रातको समयमा विस्फोट गराइएको थियो ।

बेलायती सुरक्षा एजेन्सीले आत्मघाती आक्रमणमा २२ वर्षीय सलमान आवदी संलग्न रहेको ठहर गर्दै आवदीका दाजुसहित तीन जनालाई पक्राउ गरिसकेको छ । (एजेन्सी)