२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सरकारको नीति तथा कार्यक्रम पारित


0
Shares

राष्ट्रपतिबाट यही जेठ ११ गते संसद बैठकमा गरिएको सम्बोधनमार्फत् आएको आव २०७४/७५ का लागि सरकारको नीति तथा कार्यक्रममाथि दिइएको धन्यवाद प्रस्तावलाई संसदको आइतबारको बैठकले बहुमतले पारित गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमकाबारेमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

यसअघि, नीति कार्यक्रमका विपक्षमा सांसद प्रेम सुवाल, अनुराधा थापामगर र दुर्गा पौडेलले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

अब पारित नीति तथा कार्यक्रममा आधारित भएर संविधानानुसार सरकारले सोमबार आगामी आव २०७४/७५ को वार्षिक आयव्यय विवरण (बजेट) प्रस्तुत् गर्नेछ । रासस