१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


काठमाडौंका मेयर उम्मेदवारले ल्याए मात्र एक भोट, कसको कति ?


0
Shares

१ लाख ९७ हजार २ सय २७ मत खसेको काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवारले आफ्नोमात्रै मत पाएकोसमेत देखिएको छ ।

नेकपा एमालेका विद्यासुन्दर शाक्यले मेयरमा ६४ हजार ९ सय १३ मत ल्याएर विजयी हुँदा उनीसँगै प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार भगवान गिरीले मात्र एक भोट ल्याए ।

स्वतन्त्र उम्मेदवारी दिएका विनोदकुमार क्षेत्रीले ५, राधा बेलवासेले ६, सुरेन्द्रप्रसाद ढकालले ८, पुरुषोत्तम दंगालले १०, ज्ञानु लामा तामाङले १३, अनिलमान श्रेष्ठले १३ र नेत्रबहादुर लिम्बूले १५ मत प्राप्त गरे ।

त्यसैगरी, भरतबहादुर विसुरालले १९, नवराज कार्कीले २१, सुशीला वेघाले ३६, लक्ष्मीप्रसाद भण्डारीले ३६, निदेश शाहीले ४२ र अमोत महर्जनले ४३ मत प्राप्त गरे ।

स्वतन्त्रबाट मेयरमा चुनाव लडेका गोर्कीप्रसाद श्रेष्ठले सबैभन्दा बढी १६४ मत प्राप्त गरे ।

त्यसैगरी, राजनीतिक दलबाट चुनाव लडेका चुरेभावर राष्ट्रिय एकता पार्टीका विदुरप्रसाद घिमिरेले १४ मत प्राप्त गर्दा राष्ट्रिय जनमुक्ति पार्टीका डवबहादुर गर्वुजा पुन मगरले ३५ मत प्राप्त गरे ।

नेकपा संयुक्तका वच्पनराज श्रेष्ठले ६७, नेपाल लोकतान्त्रिक फोरमका शिवहरि रिजालले १ सय १८, राष्ट्रिय जनमोर्चाका निर्मलकुमार थापाले १ सय ३१, नेकपा मालेका उषाकुमारी टिवरेवालाले १ सय ४८ र नेपाल मजदुर किसान पार्टीका कुलनारायण डंगोलले २ सय ६६ मत प्राप्त गरे ।

नयाँशक्तिसँग चुनावी तालमेल गरेर उम्मेदवारी दिएको संघीय समाजवादी फोरम नेपालका पवित्र बज्राचार्यले ६ हजार ५० मत ल्याएर छैटौं स्थान हात पर्दा सत्ताको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९ सय ६ मत प्राप्त गरी पाँचौं भए ।

उम्मेदवारी घोषणादेखि नै चर्चामा रहेका साझा पार्टीका किशोर थापाले १८ हजार ४ सय ९६ मत प्राप्त गरे भने विवेकशील नेपाली दलकी रन्जु दर्शनाले २३ हजार ४ सय ३९ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो ।

भिडियो हेर्नुहोस्